क्वारेन्टाइनमा बसेकाहरुलाई हाेटल ग्लोबल तथा ग्लोबल ईन्टरप्रराइजेजद्वारा खाद्यान्न सहयोग

तारा कंडेल
गुल्मी । देश काेराेना महामारीसङ्ग जुधिरहेकाे विषम परिस्थितिमा विभिन्न संघ संस्थाहरुले सरकार सङ्ग काँधमा काँध मिलाइरहेका छन । गुल्मी दरबार गाउँपालिका ०५ स्थायी ठेगाना भई हाल बुटवल उपमहानगरपालिका ११ कालिकानगर बस्दै आउनु भएका भुवनेश्वर कंडेल,जगननाथ कंडेल र सन्तोष कंडेलले शारदा माध्यमिक बिधालय र ईश्वरी माध्यमिक बिधालयकाे क्वारेन्टाइनमा बसेकाहरुलाई संयुक्त रुपमा ३० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनु भएको छ।ईश्वरी माध्यमिक बिधालयका शिक्षक गणेश शाहीका अनुसार १-१ क्विन्टल चामल,१-१ पेक ताेरीकाे तेल,१५-१५ केजी दाल, १०-१० केजी चिनि,१-१ किलो चियापत्ति,१-१ काटुन बिस्कुट गरि जम्मा जम्मी ३० हजार बराबरको खाद्यान्न यही जेठ ३० र ३१ गते वितरण गर्नुभएको हाे। हाेटल ग्लोबल र ग्लोबल संचालक ईन्टरप्राइजेजले गरेको सहयाेगप्रति गुल्मीदरबार गाउँपालिकाले आभार ब्यक्त गरेको छ।

 
 
  
 

You may also like