हवाइ उडान असार २१ सम्म बन्द

काठमाडौं । सरकारले हवाइ उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ सम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जनाएको हो ।

कोरोना भाईरस कोभिड १९ को महामारीबाट बच्न सावधानीस्वरुप सरकारले चैत ११ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरेको थियो। यो बीचमा केही विशेष उडान भएको छ भने विदेशबाट उद्धार गरेर नागरिकलाई स्वदेश ल्याउन अन्तर्राष्ट्रिय उडानले नेपाली आकाश प्रयोग गरेका छन् ।पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएको छ।

 
 
  
 

You may also like