गुल्मीको रुरुक्षेत्र गाँउपालिकामा एक जनामा कोरोना संक्रमण

माधब ज्ञवाली
गुल्मी ।गुल्मी जिल्लामा आज थप एकजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। जिल्लाको रुरुक्षेत्र गाउपालिका स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका एकजना पुरुषमा भाइरस सङ्क्रमण पुष्टि भएको हो।

आज गरिएको पिसिआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको रुरुक्षेत्र गाउपालिका उपाध्यक्ष लक्ष्मी पन्थले जानकारी दिनुभयो। सङ्क्रमित ती ब्यक्ती गत जेठ १६ गते छिमेकी रास्ट्र भारतबाट आएका थिए। भारतबाट आएदेखी नै उनलाई क्वारेन्टाइनमा राखिएको जानकारी उपाध्याय पन्थले दिनुभएको छ। तीन दिन अघि उनलाई उच्च ज्वोरो देखिएपछि प्रभास पाल्पामा उपचारको लागि लगिएको थियो,अहिले उनको त्यही उपचार भइरहेको छ।उनिसङ्ग भारतबाट सङ्गै आएका आठजनाको पिसिआर परिक्षणको लागि स्वाव सङ्कलन गरि भोलि पठाइने जानकारी पनि उहाले दिनुभएको छ। आज भेटिएका सङ्क्रमितको अवस्था सामान्य रहेको जानकारी उहाले दिनुभयो। यस सङ्गै जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ।

 
 
  
 

You may also like