रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा पाँच जनाको सामुहिक हत्या गरिएको छ । बञ्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । हत्या गए राति भएको हो । एउटा फार्ममा शव भेटिएको जानकारी दिंदै घटनाबारे थप अनुसन्धानका लागि टोली परिचालन भइसकेको रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन् ।

मृतकको विवरण खुल्नै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 
 
  
 

You may also like