प्रदेश स्तरीय गायन ताराको उपाधी बुटवलकी प्रशन्नालाई

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल, १३ भदौ । बुटवलमा भएको प्रदेश स्तरीय नेशनल प्याब्सन गायन तारा प्रतियोगिताको उपाधी बुटवलकी विद्यार्थी प्रशन्ना केसिले जितेकी छन् । बुटवलको मुनाल बोर्डिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थी केसिले डेढ दर्जन प्रतिस्प्रर्धीलाई पछि पार्दै नेशनल प्रदेश स्तरीय गायन ताराको उपाधी जितेकी हुन् । उनले उपाधी सहित नगद ८ हजार, शिल्ड तथा प्रमाणपत्र समेत हात पारेकी छन् । यस्तै प्रतियोगितामा रुपन्देही देवदहको न्यू लुम्विनी बोर्डिङ्ग स्कुलकी रेनुका सुनार द्वितीय र बाकेको जुनियर आईन्स्टाईन एकेडेमिका विद्यार्थी नविना चन्दले तृतिय स्थान हासिल गरेकी हुन् । उनीहरुले क्रमस ५ हजार र ३ हजार नगद सहित ट्रफि तथा प्रमाणपत्र हात पारेका छन् ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन प्रदेश ५ ले आयोजना गरेको प्रदेश स्तरीय गायक तारा प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै पुर्व उपप्रधानमन्त्री तथा संघिय सांसद टोपबहादुर रायमाझिले निजी क्षेत्रलाई पाखा लगाएर मुलुक समृद्धि हुनै नसक्ने बताए । उनले निजी क्षेत्रलाई बेवास्ता गर्दा रोजगारी, भौतिक तथा विद्यार्थी ब्यवस्थापनको ठूलो समस्या मुलुकले थेग्नु पर्ने जिकिर गरे । सरकारले निजी क्षेत्रलाई पनि संगसंगै लैजानु पर्ने धारणा उनको थियो । अहिलेको एक शुत्रीय एजेन्डा भनेकै बिकास र समृद्धि भएको उनले दावी गरे । नेशनल प्याब्सन प्रदेश ५ का अध्यक्ष सुबोध कुमार डाङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा बिकास निर्देशनालय प्रदेश ५ का निर्देशक मनोज गैरे, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, बालाकृष्ण तिवारी, अभिवाक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेशनल प्याब्सन रुपन्देही अध्यक्ष देउप्रकाश राई, नेशनल प्याब्सन प्रदेश ५ का उपाध्यक्ष विष्ण पौडेल, सचिब कुसुम रानाभाट, गायक सौगात सायर, संगितकार नारायण थापा, राज क्षेत्री लगायतले बिजयी प्रतियोगी विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै कला तथा संस्कृतीले साना नानीबाबुको आन्तरीक प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने भएकाले समय समयमा प्रतिस्पर्धात्मक कार्यक्रम गर्नु पर्ने बताए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाका संस्थागत बिद्यालयबाट प्रतिनिधित्व गरेका डेढ दर्जन विद्यार्थीहरुले सहभागिता जनाएका नेशनल प्याब्सन प्रदेश ५ का सहसचिब होमनाथ ढुङ्गानाले जानकारी दिए ।

 
 
  
 

You may also like