मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभाव, बिभिन्न स्थानमा वर्षा

काठमाडौं । मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापीय रेखाको प्रभावले वर्षा भइरहेको हो ।

महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू-भागमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like