लक डाउन लम्बिदै जादा बिध्यालय बन्द भए पछि कुटो कोदालो गर्दै शिक्षक

गुल्मि । गुल्मि जिल्ला सत्यवती गाउपालिका जोहाङ श्री सरस्वती माध्यमिक विद्यालय जोहाङका शिक्षक प्रकाश ढकाल आज भोलि प्राय बिहान साझ बारिमा भेटिन्छन। कहिले बारिमा मकै खन्दै हुन्छन त कहिले घरै अगाडि करेसा वारिमा झारगोड गरिरहेका हुन्छन । गोलमेडा , काक्रा , घिरैला , चिचिना, करेला र अखबरे खुर्सानी र अङ्गुर मा फुल फुल्न लागिसकेका छन । यसरी नै सबै बाजो खेत वारि मा कृषि गर्न थाल्ने हो भनी भारत को मुख ताक्न नपर्ने भन्छ्न ढकल । बसाई सरि तराई झरेको १ दशक पछि पेसाले गर्दा गाउँ फर्केर यसरी खेती किसानी गर्न पाउँदा हर्सित छ्न शिक्षक । रुपन्देही तिलोत्तमा नगरपालिका मणिग्राम मा स्ताइ घर भएका ढकाल गत बर्ष फाल्गुन मा सरस्वती माध्यमिक बिध्यालय मा माध्यमिक तहमा अङ्ग्रेजी विषयको लागि नियुक्ती भइ त्यहा अध्यापन गराउदै आएका थिए । बुटवलमा रहादा पनि मणिग्राम शान्ति नमुना उच्च . माबी र बुटवल का विभिन्न कन्सल्टेन्सीमा अन्तर्राष्ट्रिय भासा IELTS पडाउने ढकाल आफ्नै जन्मभुमी को मुहार फेर्ने आस बोकेर परिबार संगै गुल्मी छिरेका थिए ।

लकडाउन यो कोरोनाको माहामारी ले सबै शिक्षक , बिध्यार्थी र अभिभावक चिन्तित भएको बताउदछ्न । गुल्मी जिल्लामै शिक्षक लाई कोरोना भेटिए संगै झन त्रास बडेको छ गाउ घर मा अहिले । सहर को भन्दा गाउको जीवन शैली मा धेरै फरक भएको र मेलापात नगरि हात मुख जोर्न गारो हुने हुदा , दर्जनौं खेतारा सङै हुद्दा (मेला) जानू पर्ने हुन्छ । वोल्लो पल्लो घर नगरी जीवन शैली नचल्ने प्रचलन ले गर्दा पनि मानिसहरु धेरै सम्पर्कमा आउने हुदा यदि कुनै कोरोना संक्रमण ब्यक्ती समाज मा छिर्दा बितिकै गाउनै उच्च जोखिम मा पर्न सक्ने बताउदछन शिक्षक ।

एसईईको परिक्षा रोकिदा कतिपय बिध्यार्थी को मनोबल कमजोर भएको देखिन थालेको छ। बन्द्ले गर्दा गाउमा दिनहु जसो मानिसहरु जम्मा भइ हुल गर्ने तास खेल्ने, बाख्रा काट्ने जस्ता दिनचर्या ले गर्दा सत्यवती गाउँ पालिकामाको पुर्ण पालना गराउन को लागि पालिका र प्रहरी प्रसासनले गाउँ पालिका वरपर मात्र नभएर समग्र सबै वोडा मा ध्यान दिन सके स्तानियहरु मा सामाजिक दुरि कायम  हुने र कोरोना बाट बच्न सकिने बताउदछ्न शिक्षक प्रकाश ढ्काल ।

 
 
  
 

You may also like