कोरोना भाइरसले खाडी मुलुकमा ८०८ को मृत्यु, १ लाख ७१ हजारभन्दा बढी संक्रमित

काठमाडौं । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ८०८ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार २७४ जना संक्रमित भएका छन् ।खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३६४ जनाको मृत्यु भएको छ । त्यहाँ ६७ हजार ७१९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २४१ जनाको मृत्यु भएको छ भने २७ हजार ८९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १३८ जनाको मृत्यु भएको छ भने १९ हजार ५६४ जना संक्रमित भएका छन् ।यस्तै ओमानमा ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ७९४ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १९ जनाको मृत्यु भएको छ भने ४० हजार ८९१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ४१४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

 
 
  
 

You may also like