तीज पर्व सम्बन्धि कार्यक्रम अक्षरमा

by समतल अनलाइन

झबिन्द्र देवकोटा
बुटवल। बुटवल जितगढी किल्ला नजिकै रहेको अक्षर एकेडेमि विद्यालयले साना बिद्यार्थीलाई सास्कृतिक र चाडपर्वको महत्व बुझाउन तीज पर्व कार्यक्रम गरेको छ ।

तीजले बोकेको सास्कृतिक महत्त्व तथा तीजगितको महत्वका बारेमा बिद्यालयका प्रीन्सिपल रुपा श्रेष्ठ पाठकले बिद्यार्थीहरुलाई जानकारी गराएकी थिईन । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडानम्बर १ का अध्यक्ष रमेशप्रसाद नेपालले बिद्यालयमा गरिने सास्कृतिक कार्यक्रमले विद्यार्थीको चौतर्फी बिकासमा ठूलो मद्दत पुग्ने बताए ।

विद्यालयका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ प्रदेश ५ का अध्यक्ष हेमबहादुर थापा, तिलोत्तमा जेसिजका अध्यक्ष जयप्रकाश भट्टराई, शिक्षक सपना देउजा लगायतले आआफ्ना भनाई राखेका थिए । शिक्षक सन्जय कुमार दुबेको संचालनमा भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकले तीज गित तथा नृत्य सम्बन्धि आआफ्ना सास्कृतिक प्रस्तुती देखाएका थिए ।

 
 
  
 

You may also like