घुस खाने कर्मचारीको फोटो खिच्दा अख्तियारबाट नागरिकको मोबाईल खोसियो

by समतल अनलाइन

फोटो खिच्दा कर्मचारीको मानहानी हुने अख्तियारको भनाई

बुटवल । ठुला भ्रस्टाचारीलाई नियन्त्रणमा लिन नसकेपनि साना र र मझौला भ्रस्टाचारीहरुलाई नियन्त्रण लिएर प्रशंशा कमाईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले छापा हान्दै गरेको दृष्य खिच्नेहरुको मोबाईल समेत जफत गरेर आफुलाई शंकाको घेरामा राखेको छ ।


बिहिबार मालपोत कार्यालय बुटवलमा घुस खाईरहेका कार्यालयका खरिदार र एकजना लेखन्दासलाई पक्राउ गर्ने क्रममा मोबाईलबाट फोटो खिच्ने एक जना राजनितीक अगुवाको मोबाईल अख्तिायारका कर्मचारीहरुले नियन्त्रणमा लिएर फोटो मेटाएर फर्काएका छन् । पक्राउ गरिरहेको दृष्य खिचिरहेका बेला अख्तिायारको अधिकारीहरुले स्थानीय राजनितीक अगुवा बसन्त ढकालको मोबाईल खोसेका थिए ।

मोबाईल खोसेर लगेको २ घण्टा पछि फोटो मेटाउन लगाई अख्तियारको कार्यालयबाट ढकाललाई मोबाईल फर्काएका थिए ।

आफुले फोटो खिच्दै गर्दा अख्तियारको कर्मचारीले किन फोटो खिचेको भन्दै मोबाईल हातबाट खोसेर लगेको ढकालले बताए । घुस खाने कर्मचारीलाई सर्वसाधारणले पनि चिन्नु पर्छ भन्दा कर्मचारीको बईजेत हुन्छ भन्दै मोबाईल लगिएको उनले बताए ।

अख्तियार दुरपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले भने २ घण्टा मोबाईल आफुहरुले नराखेको बताएकाछन् । अख्तियारको केन्द्रिय नितीअनुसार मोबाईल बरामद गरेको बताउंदै भुसालले मोबाईलको फोटो हटाउन लगाई तुरुन्त फिर्ता गरेको बताएकाछन् ।

हिजो मध्यान्ह छापा हान्न पुगेको अख्तियारको बुटवलको टोलिले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसवायी कमल प्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित पक्राउ गरेको थियो ।

बिहीबार मालपोत कार्यालय बुटवल, अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाबाट सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्यितारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

 
 
  
 

You may also like