बुटवलमा ५० वेडको आइसोलेशन कक्ष थपियो

बुटवल । कोरोना संक्रमितलाई लक्षित गरेर बुटवलमा अर्को आइसोलेशन सेन्टर निर्माण भएको छ । बुटवल उपमहानगरपालिकाले केही दिन यता ५० वेडको आइसोलेशन सेन्टर तयार पारेको हो । वडा न ११ देविनगर स्थित एन्फा एकेडेमीको भवनमा ५० वेडको आइसोलेशन सेन्टर तयार पारिएको हो । धागो कारखानामा आइसीयूसहितको कोरोना विशेष अस्पतालपछि यहाँ अर्को थप सेन्टर निर्माण भएको हो । एन्फा एकेडेमीको भवनमा उपयुक्त आइसोलेशन सेन्टर निर्माण गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

 

बिदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न बेड थप्ने कामसंगै अर्को आइसोलेशन सेन्टर निर्माण गरिएको प्रमुख सुवेदीको भनाइ छ । सेन्टरमा हाल ५० वटा वेड राखिएका छन् भने आवश्यक परेमा अरु थप गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ । खुला मैदान समेत त्यहीँ भएकाले व्यायामका लागि पनि उपयुक्त हुने विश्वास गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।

हाल बुटवल-१२, तामनगर क्वारेन्टाइनमा रहेका करिब एक सय २० जनाको आरडीटी परीक्षण भइरहेको छ । त्यसमा पोजेटिभ देखिनेको पीसीआर परीक्षण गरिनेछ । त्यसमा पनि पोजेटिभ देखिनेलाई सम्भवतः यहीँ आइसोलेशन सेन्टरमा लगिनेछ । लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले निगरानी गर्नेछन् । प्रदेश सरकारको समन्वयमा आइसोलेशन सेन्टर निर्मण गरिएको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

 
 
  
 

You may also like