57
बुटवल। रुपन्देहीमा सात जना सहित १६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ भने थप रुपन्देहीका सात जनाको मन्त्रालयले पुस्टि गरेको छैन भने प्रदेश न ५ प्रयोगशाला भैरहवाका जनस्वास्थ्य रुपन्देहीको गैडहवा गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ जानकारी दिइएको छ ।
उनीहरु सातैजना लकडाउनका बेला भारतबाट नेपाल आएको खुलेको प्रदेश न ५ प्रयोगशाला भैरहवाका जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए ।
रूपन्देहीमा संक्रमित ३६ जना पुगेका छन् । यो संगै नेपालमा कूल संक्रमितको संख्या ५२३ पुगेको छ ।