उद्योग बाणिज्य महासंघ र रोटरी बुटवल चौतारी बीच अनलाइन बैठक सम्पन्न

बुटवल। रोटरी कलब अफ बुटवल चौतारीले नियमित बैंठक अन्तर्गत बिहिवार बिस्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारणले गर्दा घरबाट नै उच्च प्रबिधिको प्रयोग गरि बिहिवार उद्योग बाणिज्य महासङ्घका निबर्तमान अध्यक्ष पशुपति मुरार्का को प्रमुख आतिथ्यमा रुपन्देही उद्योग बाणिज्य सङ्घका उपाध्यक्ष हरि अर्याल , रुपन्देही उध्योग संघ का अध्यक्ष बाबुराम बोहोरा ,रुपन्देही ब्यापार संघ तथा कलबका समेत सल्लाहकार राजेन्द्र ढकाल , बुटवलका विभिन्न संस्था मा आबद्ध समाजसेवी तथा ब्यापारी एजाज आलम लगायत का ब्यापारी हरु सहित यस कलब का सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुको उपस्तिथमा जुम मिटिंग सम्पन्न भएको छ ।

थानेसवर पाण्डे ,एजाज आलम, बाबुराम बोहोरा ,इन्द्र सुनार,कृष्ण अर्याल ,राजेन्द्र ढकाल लगायत धेरै सहभागीहरुको प्रश्न कोरोना महामारी सकिए पछि अब हाम्रो उध्योगको अवस्था र उध्योगमा कामगरेका मजदुरहरु लाई दिइदै आएको तलब र सेवासुबिधा अब के गर्ने ,बैंक तथा बित्तीय संस्थाहरुको बोल्ने र गर्ने काम किन फरक भएको,अब उध्योग घन्दा लाई कसरी पुरानो अवस्था मा ल्याउने,बिकसित मुलुकमा के गरेका छ्न जस्ता प्रस्न हरु को बारेमा बैठकका प्रमुख अतिथी सङ्ग अन्तरक्रिया भएको थियो सो समय मा बोल्दै उहाँले सरकार लाई हामीले तिर्दै आएको १३% कर लाई घटाएर १०% मा ल्याउन हाल तिर्दै आएको आयकर मा २०% सम्म छुट गर्न,अहिले बन्द अवस्था मा रहेको उध्योग को बिजुली को बिलको न्युनतम रकम चार महिना सम्म छुट गर्ने र बाकी १५ महिना सम्म को बिजुली बिल लाई न्युनतम शुल्क लिन को लागि सरकार सङ्ग कुराकानी भएको तर निष्कर्ष मा भने पुग्न बाकी रहेको बताउनु भएको थियो ।

त्यस्तै मज्दुर बर्ग को बारेमा समेत ट्रेड युनियनहरु सङ्ग छलफल जारी रहेको र बैंक तथा बित्तिय संस्था ले जसरी चैत महिना को ब्याज मा १०% छुट गर्ने भनेको छ त्यस्तै अब हरेक कर्जा मा ब्याजदर घटाएर ५% पुराउनु पर्ने गरि सरकार र सम्बन्धि निकाय सङ्ग छ्लफल भै रहेको कुरा सम्पुर्ण लाई बताउनु भयो ! यी र यस्ता उधोगीहरु को हक र अधिकार का निम्ति अहिले पनि हामी संबंधित ठाउँ मा बैठक गरिरहेका छौ,हामी उधोगिहरु लाई बिस्थापित गर्ने हैन नयाँ नयाँ उधोग हरु लाई स्थापित गर्ने तर्फ लागि परेका छौ भन्ने कुराको जानकारी गराउनु भयो ! उक्त बैठक को अध्यक्षता कलब का अध्यक्ष बिष्णु घिमिरे को रहेको थियो भने कार्यक्रम को होस्ट यसै कलब का उपाध्याय सुरज क्षेत्री ले गर्नु भएको थियो, र बैठक समसामयिक र व्यावसायिक बिषय मा केन्द्रित भएको हुदा निकै महत्त्वपूर्ण रहेको र धेरै कुराहरु सिकन पाएको जानकारी यस क्लबका सचीव सन्तोष के.सीले गराउनु भयो !!!

 
 
  
 

You may also like