विस्वमा कोरोना बाट तीन लाख १९ हजार बढीको मृत्यु , १९ लाख कोरोना संक्रमित भए निको

काठमाडौं । विश्वका करिब ४८ लाख ८६ हजार कोरोना संक्रमितमध्ये १९ लाख तीन हजार बढी उपचार पछि निको भएका छन् । ४४ हजार ७५४ जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको वर्ल्डओमिटरले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वका तीन लाख १९ हजार ८ सय मानिसको ज्यान गएको छ ।

अमेरिकामा हालसम्म मृतकको संख्या ९० हजार पार भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार बढी छ । वल्र्डओमिसर्टको पछिल्लो आँकडा अनुसार अहिलेसम्म यहाँ ९१ हजार ९८१ छ भने संक्रमितको संख्या १५ लाख ५० हजार २९४ रहेका छन् । संक्रमितमध्ये १६ हजार ८६८ जनाको स्थिति गम्भीर छ । यद्यपि, ३ लाख ५६ हजार ३८३ जना निको भएर घर फर्किसकेका छन् ।

बेलायतमा दुई लाख ४६ हजार ४ सय बढी संक्रमितमध्ये ३४ हजार ७९६ जनाको मृत्यु भएको छ । इटालीमा दुई लाख २५ हजार ८ सय बढी संक्रमित र ३२ हजारको मृत्यु भएको छ । फ्रान्समा एक लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार २ सय नाघेको छ ।

यस्तै स्पेनमा दुई लाख ७८ हजार कोरोना संक्रमित मध्ये २७ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा दुई लाख ५४ हजार बढी संक्रमित हुँदा १६ हजार ७ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा एक लाख ७७ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४ हजार ६३३ पुगेको छ ।
रसियामा दुई लाख ९० हजार ६ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या दुई हजार ७ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्दा ३ हजार १५६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प नै खाँदै कोरोनाबाट जोगिन अप्रमाणित औषधि
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै वैज्ञानिकबाट प्रमाणित नभएको औषधि सेवन थालेका छन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् । वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइएको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको ट्रम्पले बताएका हुन् ।

उनले भने, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु । र पनि म यहाँ उपस्थित भएको छ ।’ हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।’

क्लिनिकल ट्रायलमा रहेको औषधि खाएको राष्ट्रपति स्वयंले खुलासा गर्दै भने, ‘तपाईहरुलाई आश्चर्य लाग्न सक्छ कि धेरै मानिसहरुले यो औषधि खाइरहेका छन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर खाइरहेका छन् । धेरैले यो औषधि खाएका छन् । र मैले पनि यो औषधि खाइरहेको छु ।’

हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्छ भन्ने प्रमाण के छ भन्ने प्रश्नमा उनले भने, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ ।’

औषधि ह्वाइट हाउसका फिजिसियनले सुझाएर नभई आफैले मगाएर खाएको जानकारी दिँदै उनले ह्वाइट हाउसका केही कर्मचारी र आफैनजिकका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि आफूमा नरहेको दाबी गरे ।

आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले सञ्चारमाध्यमलाई जानकारी दिए । उनले यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको र राम्रो काम गरोस् भन्दै कामै गरेन भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन भने ।

मेरिकाकै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत महिना हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो । एजेन्सी

 

 
 
  
 

You may also like