कोरोना संक्रमित भेटिएपछि क्रिमशन अस्पताल शिल

बुटवल । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेका गुल्मीका कोरोना संक्रमित रुपन्देहीस्थित क्रिमसन अस्पतालको आईसीयुमा उपचाररत विरामी रहेको खुलेको छ । कोरोना संक्रमण पुष्टी भएपछि संक्रमित उपचररत क्रिमसन अस्पताल शिल गरिएको छ । अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको हो ।

उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका वडा नं. २ का ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमामा उपचार भइरहेको अस्पतालको स्रोतको भनाई छ । शिक्षण पेशा संलग्न उनलाई जण्डिसको उपचारको लागि अस्पतालमा ल्याइएको थियो ।

 
 
  
 

You may also like