विश्वभर १४ लाख ३६ हजार कोरोना संक्रमित निको, दुई लाख ८० बजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म दुई लाख ८० हजार २२४ जनाको ज्यान गएको छ ।यो आज (आइतबार) बिहानसम्मको तथ्याङ्क हो । पछिल्लो २४ घण्टामै कोरोना भाइरस संक्रमणबाट विश्वभर चार हजार २४८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ४० लाख ९८ हजार २७६ पुगेको छ ।

शनिबार एकै दिन संसारभर ८८ हजार ९८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म १४ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

संक्रमितमध्ये २३ लाख ८१ हजार भन्दा धेरै उपचारको क्रममा छन् । त्यसमध्ये ४७ हजार ६९० जनाको अवस्था गम्भीर छ । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ ।

आइतबार बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार त्यहाँ मृतकको संख्या ८० हजार ३७ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट एक हजार ४२२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार भन्दा धेरै पुगेको छ । शनिबार एकै दिन त्यहाँ २५ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा मृतकको संख्या घट्दै गए पनि संक्रमणको दर भने धेरै घटेको छैन ।

अमेरिकामा अहिलेसम्म दुई लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । त्यसैगरी शनिबार ब्राजिलमा ६४६, बेलायतमा ३४६, स्पेनमा १७९, इटालीमा १९४, रुसमा १०४, क्यानाडामा १२४, पेरुमा १००, मेक्सिकोमा १९९, फ्रान्समा ८०, इरानमा ४८, टर्कीमा ५० जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट ११६ जनाको ज्यान गएको छ । त्यहाँ मृतकको संख्या २१ सय नाघेको छ । ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् ।

शनिबार एकै दिन भारतमा तीन हजार ११३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म एक हजार १९ हजार ३०१ जना उपचारपछि निको भएका छन् । भारतमा ४१ हजार ४०६ जना उपचारको क्रममा रहेका छन् ।

यस्तै पाकिस्तानमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको ज्यान गएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

 
 
  
 

You may also like