स्व पत्रकार अधिकारीको परिवारलाइ आर्थिक सहयोग

by समतल अनलाइन

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले स्वर्गीय पत्रकार डायलसन अधिकारीको परिवारलाइ आर्थिक सहयोग गरेको छ । युनियनले आफना सल्लाहकार समेत रहेका अधिकारीका परिवारलाइ ५१ हजार रुपैँया आर्थिक सहयोग गरेको हो ।

युनियनका सभापती रेखा भुसालले सोमबार अधिकारीका पिता भेषराज अधिकारीलाइ ५१ हजार राशीको चेक हस्तान्तरण गरीन । चेक हस्तान्तरणका क्रममा युनियनका प्रदेश सचिव तथा सल्लाहकारहरु हरिष ढकाल र भवानी प्रसाद पाण्डेले पत्रकार अधिकारीको निधनले सिङ्गो पत्रकारीता क्षेत्रमा अर्पुणनीय क्षती पुगेको भन्दै अधिकारीका राम्रा कामको युनियनले आगामी दिनमा उच्च मुल्याङ्कन गर्ने बताए ।

अधिकारीको तिलोत्तमा नगरपालिकाले आगामी असोजमाा गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसारकालागि पुर्वतर्फ जाने क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्साह चोकमा जीप दुर्घटनामा परी साउन ३२ गते निधन भएको हो ।

स्वर्गीय अधिकारी बिगत दुइ दशक देखि रुपन्देहीमा रहेर पत्रकारीतामा क्रियाशील थिए । स्वर्गीय अधिकारीका श्रीमती, एक छोरा र एक छोरी छन ।

 
 
  
 

You may also like