योगेशको भावी कार्ययोजना : जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

by समतल अनलाइन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर उनले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाए । यसका लागि नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ ।

भावी कार्ययोजन सार्वजनिक गर्ने क्रममा उनले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाए । शवदाह गृहमा मेसिन थप्नेदेखि पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरणसम्म योजना रहेको भट्टराईले जानकारी दिए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने व्यवस्था गर्ने जानकारी दिए ।

 
 
  
 

You may also like