विपन्नलाई राहत दिदैं गैडहवा गाउँपालिका

बुटवल । कोरोना संक्रमणपछि सरकारले घोषणा गरेको लकडाउनका कारण यतीबेला रुपन्देहीका सयौं विपन्न परिवार बिहान के खाउँ साँझ के खाउँको अवस्थामा पुगेका छन् ।यस्ता विपन्नहरुलाई लक्षीत गर्दै यहाँका स्थानिय सरकारहरुले राहत स्वरुप खाद्यान्न वितरण गरिरहेका छन् । यसैबिच जिल्ला कै गैडहवा गाउँपालिकाले त्यहाँका विपन्न परिवारहरुलाई राहत बाँडेको छ ।

दैनिक ज्यालादारी मजदूरहरु लकडाउनका कारण काममा जान नपाएपछि साँझ विहान चुलो बाल्न गाउँपालिकाले विभिन्न चरणमा राहत वितरण गरेको हो ।

शुक्रवारसम्म गाउँपालिकाले वडा नं २, ४, ५, ७, ८ र ९ मा राहत वितरण गरेको अध्यक्ष बछुलाल केवटले जनाकारी दिए । विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, साबुन र मास्कलगायतका सामग्री वितरण गरिएको अध्यक्ष केवटले जानकारी दिए । बाँकी रहेका वडाहरुमा पनि राहत वितरण गरिने उनले जानकारी दिए ।

गाउँपालिकाले वडा नं ४ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा २५ बेडको क्वारेन्टाइन निर्माण गरेको पनि उनले जानकारी दिए । यसैगरि प्रदेश सरकारले स्थानीय तहलाई १० लाख छुट्याएको र उक्त बजेट आएपछि ज्यालादारी श्रमिक तथा मजदूरहरुको हितमा प्रयोग गरिने उनले जानकारी दिए ।

 
 
  
 

You may also like