भारत सरकारको अमानवीय व्यवहार, ट्रकमा राखेर नेपालीलाई सीमामा अलपत्र छाडियो

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा भारतीय प्रहरीले ट्रकमा राखेर नेपाली नागरिकलाई अमानवीय ढंगले ल्याएर छाडेको छ । दुई देशबीच आफ्ना नागरिकलाई जहाँको त्यही व्यवस्थापन गर्ने सहमति विपरित भारतीय पदाधिकारीले भारतको सितामणीवाट ट्रकमा मानिस हालेर ल्याइ सर्लाही जिल्लाको सीमा भित्र मध्यरातमा छाडेर गएका हुन् ।

नेपाली पदाधिकारीले केहिलाई नेपालको क्वारेन्टाइनमा राखेका छन् भने केहीलाई भारत तर्फ नै फर्काइदिएका छन् । भारतीय सुरक्षाकर्मीले बिहीबार राति सीमा क्षेत्रमा छाडेका १ सय २३ नेपालीमध्ये शुक्रबार बेलुकीसम्म ९१ जनालाई फेरि भारत फर्काइएको छ । बिहीबार राति भारतमै क्वारेन्टाइनमा बस्दै आएका उनीहरूलाई कन्हौली नाकास्थित दशगजा क्षेत्र लखनदेही खोला नजिकै ट्रकमा ल्याएर छाडिदिएको सर्लाही प्रहरीले जनाएको छ ।

तीमध्ये ९१ जनालाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी शुक्रबार बेलुकी पुनः भारततर्फ नै फर्काइएको सर्लाही प्रहरी स्रोतले जानकारी दियो । नेपाली सुरक्षा निकायसँग समन्वय नै नगरी भारतले उनीहरूलाई सीमामा ल्याएर छाडेको हो । सीमामा ल्याएर छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर पगेको पनि प्रहरी स्रोतले जनायो । ९१ जनालाई नेपालतर्फका सुरक्षाकर्मीले सीमामै रोकेर राखे पनि २४ जना भने लुकिछिपी चन्द्रनगरसम्म पुगेका हुन् ।

उनीहरुलाई पनि पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई अहिले कामद माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र तत्कालै बबरगन्जस्थित दुर्गा खोभारी जनता माविमा क्वारेन्टाइन बनाएर सार्ने तयारी भइरहेको छ । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले भारततर्फको सीमामा कडाइका साथ निगरानी गरिरहेको बेला भारतीय अधिकारीहरुले नेपाली नागरिकलाई अमानवीय ढंगले नेपाल भारत सीमा नाकामा छाडेको हो ।

यसअघि पनि भारतीय प्रहरीकै सहयोगमा टनकपुर र मेलाघाट खुलानाकाबाट नेपालीलाई पठाईरहेको थियो । महाकाली नगरपालिका दोधाराचाँदनी भएर नेपाल पुगेका २० जनालाई भीमदत्त नगरपालिका–१२ मा रोकेर क्वारेन्टाइमा राखेको थियो । उनीहरुको स्वास्थ्य परीक्षणका लागि भन्दै वडाध्यक्ष कृष्णसिंह देउपाले रोकेका थिए । भारतीय निजी कम्पनीका सवारी साधन मार्फत उनीहरु बनबासा क्षेत्रमा छाडेका थिए । जो नेपाली जहाँ छ, त्यही स्थानबाट भारतीय निजी कम्पनीका सवारी साधनले सीमा क्षेत्रसम्म पु¥याएर छाड्ने गरेका छन् ।

 
 
  
 

You may also like