कोरानाको कहर र सामाजिक संघ संस्थाहरुको कर्तव्य

  • भाेला महत

विश्व यतिवेला कोभिड १९ को महामारीबाट छट्पटाईरहेको छ । महाशक्तिशाली राष्ट्रहरुलाई पनि यो महामारीले आत्मसमरपणको स्थितिमा पु¥याएको छ । यसले विश्वलाई चैनको निन्द्रा सुत्न दिईरहेको छैन । विश्वले आफूहरुसंग भएका सिप,ज्ञान,क्षमतालाई अधिक्तम प्रयोग गर्दा समेत नियन्त्रणमा ल्याउन सकिरहेका छैनन् । वैज्ञानिकहरु दिनरात नभनेर रोकथामका लागि विभिन्न खोजमूलक अनुसान्धानहरु गरिरहेकाछन रपनि धैर्यता बाहेक अर्को औषधी हामीसामू छैन ।

आजका मितिसम्म झण्डै ९५ हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन । अझ यो महामारीको स्वरुप जसरी फैलिरहेको छ र नियन्त्रणका लागि जे जस्तो स्रोत साधन आवश्यक पर्दछ हामी जस्ता गरिब मुलुककालागि भने झनै चुनौतिपुर्ण छ । हाम्रो मुलुकका सन्दर्भमा विगतका केहि कालखण्डहरुमा हामीले विभिन्न महामारीहरु नझेलेको होइन,नेपालका विकट पहाडी जिल्लामा होस वा तराईका अति विपन्न बर्ग समूदाय बसोवास गर्ने क्षेत्रमा, विभिन्न हैजाका रुपमा हामीले महामारी भोगेका थियौं रपनि त्यसलाई सवैको साथ र सहयोगले पार लगाएकै हो । तर विगत भुलाउने गरि प्राकृतिक प्रकोप र्झै विश्वसामू चुनौति बनिरहेको कोराना महामारीले न शहर,बजार,गाँऊबस्ती भन्यो न धनी,गरिव छुट्टाईरहेको छ, केवल विश्वका सम्पुर्ण मावनजातिकै लागि घातक बनिरहेको छ यो महामारी ।

यो संकटको घडीमा सरकारले आफनो क्षमता,विद्यता र स्रोतसाधनले भ्याएसम्मको नियन्त्रणका प्रयासहरु गरिनैरहेको छ । अहोरात्र आफनो जिवनलाई धरापमा राखी चिकित्सक । स्वास्थ्यकर्मीहरु खटिएका छन । महामारी नियन्त्रण अर्थात फैलिन नदिनका लागि त्यसरीनै हाम्रा सुरक्षाकर्मीहरु लागेका छन ,यो विचार लेख्दाका दिनसम्म नेपालमा अनिष्ट समाचार सुन्नु परेको छैन तथापी केहि व्यक्तिहरुमा कोभिड पोजेटिभ देखिएतापनि मानवीय क्षेति भने व्यहोर्नु परेको छैन । यो हाम्रो लागि खुशीकै कुरा हो रपनि विश्वसामू जुन कहालीलाग्दो स्थिति हामी देखिरहेका छौ यो भने हामी सवैका लागि दुःख र चिन्ताको विषय हो ।

नेपाली समाजले विगतमा भोगेका कहाली र हृदय विदारक घटनाहरु, महामारीहरु,सशस्त्र द्वन् द्व वा ०६२ । ०६३ को जनआन्दोलन किन नहोस सवैको सहकार्य । समन्वय र दृढ इच्छा शक्तिका कारण पार लगाइएको इतिहास हाम्रो सामू छ । विगतका विपतका बेला हामीले गरेका सहकार्यलाई स्मरण गर्नुपर्ने बेला आएको छ । यो संकटलाई तपाई हामी सामाजिक अभियान्ताहरुले अवसरका रुपमा लिई प्रभावकारी र अर्थपुर्ण सहयोग गर्नुपर्ने छ । कोरोना रोकथामका लागि सरकारले गरेका हरेक प्रयत्नहरुमा हातेमालो गर्दै आफूलाई असल नागरिक वा कर्तव्य सहितको नागरिकको पहिचान दिनुछ । नेपालमा अहिले विभिन्न क्षेत्रमा सयौ गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाहरु कार्यरतछन । प्रत्यक्ष । परोक्ष सरकारका सहयोगीका रुपमा काम गरिरहेकाछन । नेपालको इतिहासमा जोसुकैले जे जे भनेपनि प्रत्येक संकटको घडीमा गैरसरकारी निकायहरुको अहम भूमिका रहेकोछ । चाहे त्यो विपतका वेला होस वा अन्य संकट आइपर्दा सरकारको सारथीका रुपमा भूमिका खेलेका छन ।

विषेश गरि यो संकटको घडीमा आम नागरिकहरुलाई सचेतनाका साथसाथै उनिहरुको दैनानुदिनका समस्याहरु पहिचान गरि सहयोग गर्नुपर्नेछ, नेपालमा रहेका गैरसरकारी संघ संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरु कोहि स्वास्थ्यको क्षेत्रमा कोहि शिक्षा, खानेपानी खाद्यन्न र सचेतनाका क्षेत्रमा कार्यरत छन । अहिले आम नागरिकहरुलाई स्वास्थ्य,खाद्यन्न,खानेपानी,राहात तथा उनिहरुलाई कोरोनाबाट बच्ने उपायका सन्दर्भमा सचेतनाको आवश्यक देखिन्छ ।

सामाजिक संघ संस्थाहरुले बार्षिक रुपमा तय गरेका गतिविधिहरुलाई यो संकटको बेला पुनरविचार गरि अहिलेको आवश्यकताका आधारमा कार्यक्रमहरु तयगर्नुपर्ने हुन्छ । यसका लागि सवैले प्रारम्भीक तयारीहरु गरेको देखिन्छनै रपनि हामी ढिला भईसकेका छौ, किनकि उपयुक्त समयमा उपयुक्त निर्णय र नागरिकहरुको आवश्यकताका आधारमा सहयोग बेलैमा पुग्न सक्यो भने सहयोगको सार्थकता पनि रहने भएकाले त्यसतर्फ सोच्नुपर्नेछ । अबको १५ दिनपछिका सम्भावित चुनौतिहरुको अाँकलन गरि ती चुनौतिहरुको सामनाका लागि स्थानीय सरकार,प्रहरी प्रशासन लगाएत सामाजिक संघ संस्थाहरुको समन्वय सहकार्यमा ठोस सहयोग प्याकेज आजको अवश्यकता बनेकोछ ।

कोरोना भाइरसको कुनै सिमा छैन,यो यत्रतत्र सवैतिर फैलिने हुदा तपाई हाम्रा गाँऊवेसी,हिमाल,पहाड र तराईका तल्लो तहसम्म मानवीय सहयोगका कार्यक्रमहरुको आवश्यकता देखिन्छ सायद त्यही भएर होला सरकारले केहि दिन अघि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समूदायमा स्वयँसेवक परिचालन सम्बन्धि मार्गदर्शन २०७६ जारी गरेको छ । यो मार्गदर्शनमा गैरसरकारी संघसंस्थाहरुलाई पनि उल्लेखनिय स्थान दिएको छ ताकि गैरसरकारी संघसंस्थाहरुले यो बेला आ आफनो कार्यदेश अनुसारका सहयोग गर्नसकुन । वडा । वडा स्तरमा सामाजिक संघ संस्थाहरुको संजाल हुने भएकाले वडा अध्यक्षको समन्वय र सहकार्यमा नागरिक संगठनहरुले सचेतनाका साथ साथै राहात प्याकेजहरु,स्वास्थ्य,स्वच्छ खानेपानी, खाद्यन्न आदीका क्षेत्रमा सहयोगहरु उपलब्ध गराउन सकिन्छ ।

साथै कतिपय संस्थाहरुले स्वास्थ्यकर्मी तथा सुरक्षा निकायहरु जो यो महामारीमा अग्रणी भागमा रहेर काम गरिहेका हुन्छन उनिहरुको सुरक्षाका लागि समेत आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्नसके झनै प्रभावकारी हुनेछ । संचेतनाका क्षेत्रमा कार्यरत कतिपय गैरसरकारी संघ संस्थाहरुले समूदायमा रहेर महत्वर्पुण भूमिका निर्वाह गरिरहेका एफएम रेडियोहरुको सहयोगमा आम नागरिकहरुलाई कोरानाबाट बच्ने उपायका सन्दर्भमा चेतनामूलक संदेशहरु प्रबाह गर्न सक्नेछन ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यको ४८ नं को “ग” मा “राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु” भनेको छ सायद नागरिक तथा यिनका संगठनका आफना अधिकारहरुसंगसंगै कर्तव्य पनि भएकाले राज्यले कानुनकै रुपमा स्थापित गर्नु यस्तै संकट आईपर्नसक्दछ भनेरै होला ।

अतः मानवीय संकटको यो घडीमा प्रत्येक नागरिक संगठनहरुले राज्यलाई थोरै भएपनि सहयोग गर्नसके आम नागरिक र स्यंम राज्यले पनि यो गुनलाई सधै सम्झीरहने नै छन । यस संकटलाई चुनौ !

 
 
  
 

You may also like