ट्वीटरका सीईओ डोर्सीले गरे कोरोना राहत कोषमा १०० करोड डलर दान

एजेन्सी। ट्विटरका संस्थापक तथा कार्यकारी निर्देशक ज्याक डोर्सीले कोरोना भायरसविरुद्धको लडाईमा १०० करोड डलर दान गर्ने घोषणा गरेका छन् ।

डोर्सीले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘कोरोनासँग जोडिएको राहत कामका लागि म आफ्नो स्वचेयर इक्विटीबाट १०० करोड डलर अर्थात् मेरो सम्पत्तिको २८ प्रतिशतबाट एक सानो एलएलसी सुरु गर्न गइरहेको छु ।’

Dish_Home
उनले आफ्नो ट्वीटमा विश्वव्यापी कोरोना संकटबाट मुक्त हुन दुनियाँभर युवतीहरुको स्वास्थ्य र शिक्षा कार्यक्रममा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नो दानलाई पूर्णरुपमा पारदर्शी बनाउने र यससँग जोडिएका सबै सहयोगहरु ट्वीटरमार्फत् सार्वजनिक गर्ने बताएका छन् ।

 
 
  
 

You may also like