मुसिकोट एकका २७ जना बिपन्न नागरिकलाई पौदीँ सेभ सोसाइटी जापानको आयो राहत

हरि पाठक
गुल्मी। पौँदी सेभ सोसाइटी जापानद्वारा मुसिकोट १ का अति बिपन्न २७ घरपरिबारलाई राहत सामाग्री बितरण गरिने भएको छ। गुल्मीकै मुसिकोटमा जन्मिएका समाजसेवी तथा सेभ सोसाइटीमै आबद्ध १४ जना ब्यक्तिबाट यो बिश्वब्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड-१९ को सक्रमण हुनबाट उच्च सतर्कता अपनाउन सरकाले जारी गरेको लकडाउनको समयमा भोक भोकै वडाका अति बिपन्न नागरिक चपेटामा नपरून भन्दै राहत स्वरूप संस्थाको कोषमा जम्मा गरिएको केही हिस्साबाट सहयोगको रूपमा ५३ हजार रकम छुट्याएर पौँदी सेभ सोसाइटी जापानले २७ घरपरिबारलाई २ हजार बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराउने भएको हो।

सामाजिक क्षेत्रमा सक्रिय बन्दै आइरहेको यस पौँदी सेभ सोसाइटी एक सामाजिक संस्थाले विभिन्न क्षेत्रमा विभिन्न समयमा निस्वार्थ रूपमा सहयोग गर्दै आइरहेको छ।

मुसिकोट- १ पौंदी अमराईबाट जापानमा बिभन्न रोजगार तथा अस्थायी बसोबास गर्दै आउनुभएका सामाजिक ब्यक्तिहरूद्वारा पौँदी सेभ सोसाइटी नामक संस्था खोली बिपद आइपर्दाकोको समयमा विभिन्न ठाँउमा सहयोग गर्दै आएको संस्थाले मुसिकोट वडा नंं. १ का अति बिपन्न २७ घरपरिबारलाई करिव २ हजार बराबरको दैनिक अत्यावश्यक बस्तु चामल,दाल,नुन,खाने तेल लगायतका खाद्यान्न सामाग्री बाड्ने भएको हो ।राहत बितरणका गर्न लागि मुसिकोट १ का वडाअध्यक्ष पूर्णवहादुर हितान ,वडासदस्यहरू गंगा श्रेष्ठ,गिता बिक,दल बहादुर थापा,नरबहादुर खाती, अरेवा बाट जित बहादुर पाठक, मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरे,साथै पौदी अमराईबाट आनन्द श्रेष्ठको मातहतबाट बितरण गर्न लागेको जनाएको छ।

 

पौँदी सेभ सोसाइटी जापानले वडाभित्र बसोबास गर्ने अति बिपन्न ब्यक्तिहरू: रेशम बहादुर समत ( सेनिचौर),थामडाँडाबाट सिता केसी,हरके बहादुर समत,तिल बहादुर बिक,माईला कुमाल,यमलाल घिमिरे,जित बहादुर परियार(सिम्ले) मेघराज महत( घम्पुङ), काउलेबाट माया परियार,रामचन्द्र बिक,ठान बहादुर थापा,बुद्ध बहादुर समत(बुकेडाँडा),नन्दकला खरेल(आरुचौर),चैनडाँडाबाट फुलमती नेपाली, सुरज पाठक,चम्फे पाठक ( केन्द्र )रातमाटा,खिम बहादुर नेपाली(शिवालय),कबिराम परियार(शिवालय ),हुमे सार्की-शिवालय ( सिम्ले ),बाङ्गेबाट पुर्णराम थापा,डिल बहादुर दमाई,शंकर परियार,अरेवाबाट रिमा घिमिरे, रुद्र बहादुर सुनवार ( बसन्ते),रत्ले सार्की – अरेवा,हरिलाल सार्की,मगंले परियार गरि २७ जनालाई छनोट गरी वडामार्फत अन्य ब्यक्तिको रोहबरमा अत्याबश्यकीय खाद्यान्न सामाग्री बितरण गरिनदिन आग्रह गरेको छ।

पौँदी सेभ सोसाइटी समाज जापानले गरेको यो सहयोगले सिङ्गो वडाबासी नै खुुुुशी भएकोलेे यो बिपदमा दुई छाक टार्न कठिन भएका ब्यक्ति तथा परिबारलाई साचिक्कै राहत महशुष नागरिकले गरेको भन्दै अब अरूले पनि गर्नुपर्छ भन्ने भाब जागृत गरेको बताउदै सहयोग तथा सहानुभूति प्रति वडाअध्यक्ष पुर्णबहादुर हितान मगरले धन्यबाद समेत प्रकट गर्दै सोसाइटीलाई प्रगतिको शुभकामना दिनुभयो।

खाद्यन्न बितरण गरेर अति बिपन्न नागरिकलाई केही मात्रमा भए पनि जीवनयापनमा सहजता होस भन्ने उद्धेश्य राखेर सहयोग गर्ने निर्णय गरिएको सेभ सोसाइटी अध्यक्ष धनिश्वर अर्यालले बताउनुभयो।

यो राहत बितरणमा कुनै स्वार्थ नलुकेको भन्दै उच्च गरिबीका कारण केही दिनका लागि भए पनि भोक भोकै बस्न नपरोस छाक टार्न सहजता होस भनेर सेवा गर्नेे भावना अघि सारेको सेभ सोसाइटी समाजका संयोजक तथा कोषाध्यक्ष कृष्ण खत्री क्षेत्री समतल अनलाईनलाईसंग बताउनुभयो।साथै उहाले सरकारको लकडाउनलाई पूर्णरूपमा पालना गरेर आत्मबल कमजोर नबनाउनुहुन आग्रह गर्नुभएको छ। यो बिशुद्ध समाजिक हितमा लागेको संस्था बिगत २०७४ साल देखि सेवामा जुट्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने उल्लेख गर्दै यो महामारीको अबस्थामा सचेतना अपनाउन समेत सम्पूर्णमा पौँदी सेभ सोसाइटी जापानले अपिल गरेेेको छ।

बितरण कार्य चैत्र२५ गते मङ्गलबार (दिउसो) एक दिन हुने आनन्द श्रेष्ठले जानकारी गराउनुभएको छ।

यसैबिच मुसिकोट १ ले लगत संकलन कार्य सम्पन्न गरेको छ भने छनोट सूचीमा परेका अति बिपन्न घरपरिबारलाई मङ्गलबार (भोलि) राहत बितरणको कार्य सुरू गर्ने वडाले जनाएको छ।

 
 
  
 

You may also like