बुटवलमा उद्यमी उत्प्रेणा कार्यक्रम हुने

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । युवाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकास गर्ने उद्देश्यले बुटवलमा एक दिने नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेणा कार्यक्रम हुने भएको छ ।

लियो क्लव अफ तिलोत्तमा बुटवलले गर्न थालेको कार्यक्रममा नेपालका चर्चित अनुहारहरुले सहजिकरण गर्ने छन् ।

क्लवले आउने शनिबार गर्न थालेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बुधवार बुटवलमा आयोजित कार्यक्रममा बताइएको थियो ।

क्लवका अध्यक्ष राजन कसजुले युवाहरुलाई अझै जागरिलो पार्न, काममा उत्तरदायि बनाउनका लागि बुटवलमा तालिमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा उत्प्रेणा तालिम दिनका लागि सांसद शान्ता चौधरी, नेपाल प्रहरीका डिआईजी सर्वेन्द्र खनाल, युवा उद्यमी सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे, प्रेरणादायी महिला श्रृष्टि केसि लगायतका मोटिभेटरले सहजिकरण गर्ने अध्यक्ष कसजुले बताए ।

शनिबार अमरपालि कटेजमा हुने कार्यक्रममा प्रवेशका लागि तीन सय र पाँच सयको टिकट राखिएको छ भने कार्यक्रमबाट बचेको रकमबाट क्लवको भवन निर्माण तथा क्यान्सर सेवाको क्षेत्रमा खर्च गरिने बताइएको छ ।

क्लवका कार्यक्रम संयोेजक चन्चलकुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन सचिव दिनेशकुमार श्रेष्ठले गरेका थिए ।

 
 
  
 

You may also like