सत्यवतिका पहिरो प्रभावितलाई सहयोग रकम हस्तान्तरण

by समतल अनलाइन

सुरेश थापा
गुल्मी।गुल्मीको सत्यवतिका पहिरो प्रभावितहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाल लक्जेम्वर्ग लोक कल्याणकारी संस्था ले लिम्घा र ठुलोलुम्पेकका पहिरो पिडितहरुको लागि आज राहात रकम हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमका बिच संस्थाका सदस्य बिनु थापा ९ बिश्नु ० ले १ हजार युरो अर्थात १ लाख २४ हजार २५० रुपैया हस्तान्तरण गर्नुभएको छ । संस्थाले गाउपालीका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष शुवर्ण साहि शेरचन , प्रशासकिय अधिकृत यादव भण्डारी, वडा अध्यक्षहरु भिमलाल पाण्डे र दान बहादुर राना लगायतलाई हस्तान्तरण गरेको छ ।

राहात रकम हस्तान्तरण गर्दै संस्थाकी सदस्य थापाले पहिरोले पुराएको क्षतिबाट दुख व्यक्त गर्दै पिडितहरुको घाउमा मलम लगाउन थोरै भएपनि सहयोग लिएर आएको बताउनुभयो ।
अहिले सम्म पहिरो पिडितहरुको लागि ढेड करोड रुपैया जम्मा भएको गाउपालीका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । सत्यवतिको २ वटा वडामा पहिरोमा परेर १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोले १२ सय ६० जना प्रभावित भएका छन् । पहिरोबाट बिस्थापितहरु अहिले पनि बिभिन्न स्थानमा निर्माण गरिएका पालहरुमा बस्दै आएका छन् । घरवास गुमाएकाहरुलाई पुनर्वासको निम्ति उचित स्थान हेरेर एकिकृत बस्ती निर्माण गरेर राखिने भएको छ । त्यसको निम्ति ३ वटै सरकारले समन्वय गर्ने भएका छन् ।

सत्यवतीको पहिरोमा परेर घाइते अबस्थामा बाचेका २ जना बालिकालाई शिक्षाको व्यवस्थापनको लागि बुटवलमा पठाइएको छ । गत साउन ७ गते सत्यवती गाउँपालिकाको वडा नम्बर ३ को ठूलो लुम्पेकमा भिषण पहिरोमा परेर आमा गुमाएका १२ वर्षिय धनी तरामु र १४ वर्षिय करिश्मा तरामु लाई शिक्षाको व्यवस्थापनको लागि बुटवलमा पठाइएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहयोगमा बालिकाको घरको आर्थिक अबस्था पनि कम्जोर रहेकाले निशुल्क रुपमा शिक्षाको आबश्यक व्यवस्थापनको लागि पठाइएको हो ।

 
 
  
 

You may also like