गुल्मी पनि लकडाउन

गुल्मी । विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण फैलनबाट उच्च सतर्कता अपनाउदै गुल्मी जिल्लालाई सोमबार रातिदेखि लकडाउन गरिने भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा औषधी व्यवसायी संघ, पत्रकार महासंघ र जिललका अन्य सरोकारवालाहरुसंग (कोभिड-19)नोबल कोरोना भाईरस संक्रमण तथा रोकथाम,औषधी, मास्क, सेनीटाईजरको अवस्था,जिल्लामा सक्रमण बिपद व्यवस्थापन सुशासन र सेवा प्रवाह लगायत बिषयहरूको अन्तरक्रिया तथा छलफल विशेष बैठकबाट जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सार्वजनिक सूचना जारी गर्दै मालबाहक गाडी (इन्धन, दाल, चामल, तेल, नुन, दूध, तरकारी तथा फलफूल बोक्ने गाडी)बाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल समेत राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि आवत-जावतमा पूर्णरूपमा रोक लगाइने भएको हो।

सोमबार जारी सूचनामा मालबाहक गाडीमा लचालक र सहयोगी गरि दुई जनामात्र हुनुपर्ने उल्लेख गरिएको छ भने चालक र सहयोगीलाई चेकजाँच गरी आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने २४ सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल बाहेकका अन्य पसल पूर्णरूपमा बन्द हुनेछन् साथै अबज्ञा गर्ने जो कोहीलाई कानुन बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन गुल्मीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

 

 
 
  
 

You may also like