110
बुटवल। कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) रुपन्देहीले आफ्नो संगठन अन्तर्गत सम्पुर्ण व्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ ।
चैत ९ गते आइतबार एक बिज्ञप्ती जारी गर्दै क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले तत्कालका लागि व्यवासय चैत २१ लागि बन्द गरिएको जनाएका छन ।
सरकारले जारी गरेका सम्पुर्ण निर्देशनहरु पुर्ण पालना गर्न र आधिकारिक संचारमाध्यमका सुचनालाइ मात्र बिश्वास गर्न महासंघले सबैमा आग्रह गरेको छ ।
कोरोना भाईरसको कारणले व्यवासयमा परेको असरले बैङ्क ब्याज र घरघाडा मिनाह गर्न सम्बन्धित पक्ष संग अपिल समेत बिज्ञप्तीमा गरिएको छ ।