मनकारी घरभेटी : एक महिनाको भाडा नलिने घोषणा

बुटवल । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमका व्यापार व्यावसाय बन्द भईरहेका बेला तिनाउ एफ एम मिडिया प्रा.लिका अध्यक्ष तथा समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफ्नो व्यवसायिक सटर तथा गोदामहरुको एक महिनाको बहाल नलिने घोषणा गर्नुभएको छ ।

बुटवल उप–महानगरपालिका वडा नंं.५ अमरपथ निवासी शेरचनले अमरपथमा रहेको व्यावसायिक सटरहरुमा विभिन्न व्यावसाय गर्दै आएका व्यवसायीहरुलाई यस्तो समयमा केही भएपनि राहत स्वरुप सहयोग पुग्ने बताउँदै चैत्र महिनाको (१ महिना) बहाल नलिने घोषणा गर्नुभएको हो । उहाको घरमा सटर, गोदाम र कोठाहरु गरी १८ ओटा भाडामा दिनुभएको छ ।

साथै उहाँले यस्तै विषम परिस्थिती कायमै रहि रहेमा थप आगामी महिनाहरुको पनि बहाललाई पुर्न विचार गरी व्यावसायीहरुलाई सहयोग गर्ने बताउनुभयो ।

शेरचन लुम्बिनी अञ्चलको पहिलो रक्तदाता हुनुहुन्छ ।

 
 
  
 

You may also like