घरभित्रै रहन बुटवल उपमहानगरपालिकाको अपिल

बुटवल । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाईरसबाट बच्न बुटवल उपमहानगरपालिकाले सजगता अपनाउन नगरवासीलाई आग्रह गरको छ । उपमहानगरपालिकाले स्थानियलाई अत्यावश्यक कामबाहेक सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीलाई समयमै संयमता अपनाई उच्च मनोबलका साथ कोरोनासँग लड्नुपर्ने बताए । ‘उपमहानगरपालिकाले घरमै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र स्वनियममा रहन सार्वजनिक अपिल गरेको हो ।

उपमहानगरपालिकाले कोरोना संक्रमणलाई भयावह हुन नदिन बुटवलमा रहेको धागो कारखानाको खाली भूभागमा आईशोलेशन कक्षसमेत निर्माण गरेको छ । यस्तै सोमबार नगरका सबै वडामा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै माइकिङसमेत गरेको छ ।

 
 
  
 

You may also like