कावासोतीमा भएको स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार दुई वटा स्कुटी एक आपसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लु ४८ प ११३० नम्बरको स्कुटी र ना ४४ प ४६२ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा ना ४४ प ४६२ नम्बरको स्कुटीमा सवार कावासोती ३ अठ्ठाइस विगाहा बस्ने ७ बर्षका बालक जीवन तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती ८ खरकट्टा जंगल दुई वटा स्कुटी एक आपसमा जुध्दा गम्भीर घाइते जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा परी सोही मोटसाइकलमा सवार कावासोती ३ अठ्ठाइस विगाहा निवासी २५ बर्षीय अमन तामाङ र १६ बर्षीय अनुप तामाङ गम्भीर घाइते भएका छन् । अनुप तामाङको एलाइफ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको छ भने अमन तामाङको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।

त्यसैगरी लु ४८ प ११३० नम्बरका स्कुटी चालक नवलपुरका हुप्सेकोट गाउँपालिका १ बेलुवा निवासी ३९ बर्षीय ओम नारायण महतो र निजको छोरा बर्ष १३ का समिर महतो घाइते भएका छन् । दुवै जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like