चैत १० गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गरेका छन् । उनले बालुवाटारबाट नेपाल टेलिभिजनकाे प्रतक्ष प्रशारण माध्यमबाट विशेष सम्बोधन गरेका हुन् ।

सम्बाेधन गर्दै ओलीले चैत १० गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको बताए । प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । यस्तै चैत ९ देखि १८ गतेसम्म सबै अन्तराष्ट्रिय हवाई उडान रोक लगाएको पनि उनले जानकारी दिए ।

आफ्ना व्यवहार र दैनिकीमा परिर्वतन ल्याउन अपील पनि गरेका छन् । उनले भने –‘सावुनबानीले पटकपटक हात धुनुस्, भीडभाडबाट टाढा रहनुस् । सकेसम्म घरमै बस्नुस् ।’

 
 
  
 

You may also like