बिद्यार्थीहरुको हकहितका लागि ‘द राईजिङ स्टुडेन्ट’को स्थापना

विवश विष्ट
बुटवल।बुटवलका विद्यार्थीहरुको हकहितको सुनिश्चितताको लागि द राईजिङ स्टुडेन्ट नामक संस्थाको स्थापना भएको छ। शनिवार बुटवल देवीनगरमा बुटवलका विभिन्न स्कुलका विद्यार्थीहरुको भेलामा ११ सदस्यीय कार्यसमितिको संस्था स्थापना गरिएको हो।

कार्यसमिति अन्तर्गत अध्यक्षमा कालिका मानवज्ञान बाट एलिसा बेल्बासे,उपाध्यक्षमा कान्ति माविका नवीन पाण्डे,सचिवमा नवीन अौद्धौगिक माविका विपिन नेपाल,सहसचिव नवीनकै आयुषा ज्ञवाली,कोषाध्यक्षमा अक्फोर्ड माविबाट सदीक्षा ज्ञवाली,सहकोषाध्यक्ष हेमन्त खनाल, संयोजकमा कालिका मानवज्ञान बाट सविता पोखरेल त्यसैगरि सदस्यहरुमा नवीन अौद्यौगिक माविबाट अनिल आचार्य, स्कलर्स होम बोडिङबाट प्रशंसा खनाल, नवीन अौद्यौगिकबाट विनिता क्षेत्री र सुझल पौडेल गरि ११ सदस्यीय कार्यसमिति गठन गरेको छ। संस्थामा अहिले संस्थापक २५ जना विद्यार्थीहरुको सहभागीतामा स्थापना गरिएको छ।

हाम्रो समाजमा विभिन्न प्रकारका धेरै क्लब, संघसस्था खुलिरहेको अवस्थामा ती संस्थाहरुले चौतर्फी काम गर्न नसकेकोले हाम्रो विद्यार्थीहरुको जिवनमा सरलताका साथै विद्यार्थीहरुको हकहित तथा अधिकार सुनिश्चितता गर्नको लागि यो संस्था खोलिएको नवनिर्वाचित अध्यक्ष ले बताईन।

” यो क्लबले एक तर्फी विकास मात्र नभैइ समाजमा घटेको घटनाबारे आवाज उठाउने , सामाजिक विकासको लागि सधै लागू पर्ने , बिद्यार्थी हितको लागि लड्ने , दुखी, गरिबी , मानिसलाई पर्ने जुनसुकै बेला जस्तोसुकै अप्ठेरो परे पनि सधै सहयोगको निम्ति खटिने , अनाथ बालबालिका र बृद्धअबश्थामा रहनु भएकाको लागि सहयोग निम्ति जुट्ने , पढ्न चाहाने तर घरको आथिक स्थिती कम्जोर भएर पढ्न नपाउनेको लागि पढाइदिने जस्ता कार्यहरु भविष्यका दिनहरुमा गर्नेछौं ” क्लबका नवनिर्वाचित सचिव विपिन नेपालले बताए।

 
 
  
 

You may also like