कमेडी च्याम्पियन विजेता हिमेश पन्तले पाए २५ लाख नगद र कार

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले जितेका छन्। उनले २५ लाख नगद पुरस्कार र कार उपहार पाएका छन् ।

ad
उनी उक्त कमेडी शोमा सुमन कोइराला र खड्गबहादुर पुन भन्दा बढी भोट ल्याएर विजेता बनेका हुन् । कमेडी च्याम्पियनको फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तको प्रतिस्पर्धा रहेको थियो ।

आजको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।

 
 
  
 

You may also like