बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोनाभाइरसबाट संक्रमित

काठमाडौं। बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजमा पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् ।कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीजलाई कोरोनाभाइरसको संक्रमण भएको हो ।संक्रमण देखिएपछि डोरीज घरमै आइसोलेशनमा बसेकी छन् ।

डेरीजकी ८४ वर्षीया आमालाई रोगाखोकी देखिएपछि कोरोना हो कि भन्ने चिन्ताले सताएको मन्त्री डोरीजको भनाई छ ।

कोरोनाभाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८३ जना संक्रमित भएका छन् ।

 
 
  
 

You may also like