भारतको ओडिशामा १५ जनाको डुबेर मृत्यु

काठमाडौं । भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ ।

मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघिका वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो ।

प्रशासनले रोक लगाउँदा लगाउँदै पनि नदी तथा पोखरीमा गएर नुहानेको डुबेर मृत्यु भएको हो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो ।

कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ

 
 
  
 

You may also like