घरेलु साना तथा औद्योगिक महोत्सव : मेलाका दर्शकको निःशुल्क स्वास्थ्य परिक्षण

बुटवल ।बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा आएका दर्शकको लागि निःशुल्क स्वास्थ्य परीक्षण भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नम्बर ५ को आयोजनामा गर्न सञ्चालित प्रादेशिकस्तरको महोत्सवमा आएका दर्शकहरुलाई लायन्स क्लब अफ बुटवल युथको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण भईरहेको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य गेट नजिकै रहेको स्टलबाट निःशुल्क स्वास्थ्य परीक्षण गराइरहेको क्लबले जनाएको छ । महोत्सवमा आएका दर्शकहरुलाई प्राथमिक उपचारसहित केही साधारण परीक्षणहरु पनि भइरहेको क्लबले जनाएको छ ।

मेलामा डान्स आइडल चर्चामा

बुटवलमा सञ्चालित मेलामा बुटवल डान्स आइडलको कारणले चर्चा पाएको छ । शनिबार बुटवल डान्स आइडलका टप १० प्रतिष्प्रधीले प्रतिभा देखाएको आइडल संयोजक सुन्दर गुरुङ्गले बताए । शनिबार आइडलका टपटेन प्रतिष्प्रधीले सहभागिता जनाउने संयोजक गुरुङ्गले जानकारी दिए ।

आइडलको विजेताले नगद ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको प्रथम हुनेले म्युजिक भिडियोको पनि अफर रहेको छ । आइडलको दोस्रो हुनले २५ हजार ५ सय ५५, तेस्रो हुनेले १५ हजार ५ सय ५५ र सान्त्वना ५ हजार ५ सय ५५ रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

साथै मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गराइरहेका छन् । चैत १२ गतेसम्म सञ्चालन हुने मेला महिलाको नेतृत्वमा भएको पहिलो मेला भएकोले सहयोग गर्न प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ति शर्माले आग्रह गरिन् ।

स्वदेशी वस्तुको प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिइएको महोत्सवले स्थानीय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा रहेको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताइन् ।

महोत्सवमा कृषि, वन पैदावार, हस्तकला, उर्जा, वायोग्याससहित पर्यटन प्रवद्र्धनका स्टलहरुको पनि सहभागिता रहनेछ । पेशागत सम्मानको वातावरण निर्माण गरी लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पादित वस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमुलक प्रदर्शनी, महिला उद्यमीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री एवं वस्तुहरुको प्रदर्शनी, नविनतम प्रविधि एवं वैकल्पिक उर्जाको प्रदर्शनी, बैंक तथा वित्तीय संघ–संस्था एवं सेवा प्रदायक संघ–संस्थाहरुको प्रदर्शनी, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पादित वस्तु तथा सामाग्रीहरुको प्रदर्शनी लगायत रहेको आयोजकले जनाएको छ ।

एक करोडको आर्थिक कारोवार तथा ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव चलिरहेको छ ।

 
 
  
 

You may also like