राेटयाक्ट क्लब अफ बुटबल सेन्टरको अध्यक्षमा वर्नवाल

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल। राेटयाक्ट क्लब अफ बुटबल सेन्टरको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१८ र २०१९ का अध्यक्ष राहुल कसौधनले वर्ष २०१९ र २०२० का अध्यक्ष धनन्जय वर्नवाललाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशन ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सामाजिक क्षेत्रमा रोट¥याक्टहरुले खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै यी संस्थाहरुलाई प्रभावकार बनाउन व्यवस्थित बनाएर अगाडि लैजानुपर्ने बताए ।

रोटरी,रोट्रयाक्ट क्लबहरुले सामाजिक सचेतनासंगै स्वाथ्य क्षेत्रमा गरेका अभियानलाई निरन्तरता दिन उनले आग्रह गरे । प्रदेश सांसद विष्णु पन्थीले पछिलो समय युवाहरु लागूप्रदार्थ दुव्र्यवसनीमा लागेको भन्दै यसबाट जोगाउन सामाजिक सचेतनाका कार्यक्रमहरु चलाउन सबै क्लबहरुलाई आग्रह गरे । रोटरी डिष्ट्रिकका एजी एजाज आलमले रोट्रयाक्ट क्लबहरु सामाजिक क्षेत्रमा अझ प्रभावकारी र व्यवस्थित बनेर लाग्नुपर्ने बताए । उनले क्लबले गौतम बुद्ध मुटु अस्पतालमा बस संचालन गरी रोट्रयाक्टको क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गरेको बताउंदै यस्ता कामहरुलाई अगाडी बढाउन अन्य क्लबलाई आग्रह गरे ।

कार्यक्रममा रोटरी सेन्टरका अध्यक्ष राजेन्द्र कार्की, उमानाथ अधिकारी, जोन १२ का जेटआरआर मिलन भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा आषिश पाठकको स्वागत मन्तव्य अध्यक्षद्वय राहुल कसौधन र धन्नजय वर्नवालको अध्यक्षयता सचिव बालकृष्ण पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like