कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा को-को पुगे ?

by समतल अनलाइन

रियालिटी कमेडी शो ‘कमेडी च्याम्पियन’को उत्कृष्ट तीन प्रतिस्पर्धी छानिएका छन् । कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका हुन् । बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ उत्कृष्ट चारबाट बाहिरिएका छन् ।

उत्कृष्ट ४ को प्रस्तुतीमा हिमेश ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा सुरक्षित बनेका थिए । सुमन र खड्गबहादुर पुन अत्याधिक भोट पाएर उत्कृष्ट तीनमा सुरक्षित भएका हुन् । गत साता सुमन कार्की उत्कृष्ट पाँचमा पुगेर बाहिरिएका थिए । केकी अधिकारी, रिमा विश्वकर्मा र विशाल भण्डारी मिलेर निर्माण गरेको कमेडी च्याम्पियनले दर्शकको मन जितिरहेको छ ।

निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।

 
 
  
 

You may also like