बुटवलको नँयागाउंमा सवारी दुर्घटना हुदा ६ जना घाइते

by समतल अनलाइन

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१२ नयाँ गाउँमा आज सवारी दुर्घटनामा परि २ साइकल यात्री सहित ६ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलबाट सालझण्डी तर्फ आइरहेको लु १ ज २९४३ नम्बरको विङगर र विपरित दिशाबाट आइरहेको बि.ए.ए २५६८ नम्बरको कार ठोक्कीएको नयाँ गाउँ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गोकर्ण चौहानले जानकारी दिनुभयो ।

सहायक निरिक्षक चौहानका अनुसार सोही क्रममा साइकललाई समेत ठक्कर दिंदा सवारी २ जना घाइते भएका छन् ।यस्तै विङगरमा सवार मध्ये ४ जना घाइते भएको प्रहरीले जनाएको छ भने विङगर,कारमा समेत क्षेति पुगेको जनाइएको छ । घाइते ६ जनालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना विहान ७ ;३० बजे भएको हो ।

 
 
  
 

You may also like