पूर्वसांसद तथा कांग्रेस गुल्मी संस्थापक सभापति ज्ञवलीको निधन

by समतल अनलाइन

गुल्मी। नेपाली कांग्रेसका नेता भगवत ज्ञवलीको ७५ बर्षको उमेरमा निधन भएको छ । २००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवली पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति समेत रहेका थिए ।उनको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

पार्टीमा बिपी कोइरालासँगै काम गरेको ज्ञवलीले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका थिए ।उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

 
 
  
 

You may also like