नेभराद्वारा फेशन कोर्ष पुरागरेका विद्यार्थीलाई दीक्षित

३१ श्रावण २०७६, शुक्रबार

झविन्द्र देवकोटा
बुटवल । नेभारा फेशन डिजाईनर इन्स्टिच्यूट बुटवलले फेशन स्कुलबाट एक वर्ष डिजाईन कलास पूरा गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । फेशन डिजाईन सम्बन्धि विभिन्न पोषाकहरु बनाउने कार्यमा शिक्षा आर्जन गरेका एक दर्जन विद्यार्थीहरुलाई नेभाराले एक कार्यक्रमका विच शुक्रबार दीक्षित गरेको हो ।

   

नेभाराका प्रोप्राइटर मुना रानाको अध्यक्षतामा भएको कार्यक्रममा साधना कला केन्द्रका अध्यक्ष अनु रजक, न्यू सत्यसाई कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ्ग, किड्स हेवन स्कुलका प्रिन्सिपल यम पुन, निल हिरा समाज रुपन्देहीका अध्यक्ष आनिक राना, संचारकर्मी सुमन श्रेष्ठ लगायतले पछिल्लो समयमा आधुनिक जीवनशैलीसँगै फेशनको महत्व बढ्दै गएकाले यसको सम्भावना धेरै रहेको बताएका थिए ।

नेभारका संचालक धुर्व रानाको संचालनमा भएको कार्यक्रममा दीक्षित भएका इन्स्टिच्यूटका विद्यार्थीहरुलाई एक वर्षे फेशन डिजाईन शिक्षा पुर्णताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया