प्रदेश सरकार बुद्ध सर्किट विस्तारको काममा लागि परेको छ : पर्यटन मन्त्री गिरी

by समतल अनलाइन

देवदह । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५, ले भगवान गौतम बुद्धको मावली स्थल देवदह नगरपालिका–४, भवानीपुरमा श्रावण पूर्णिमा उत्सव मनाएको छ ।

प्रदेश सरकारले अगाडि सारेको लुम्विनी भ्रमण बर्ष-२०७६ को बार्षिक कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम गरेको हो । संघीय सरकारले २०२० लाई पर्यटन बर्षको रुपमा अगाडि सारेको अवस्थामा प्रदेश ५, सरकारले भ्रमण बर्षलाई साकार पार्न लुम्विनी भ्रमण बर्ष–२०७६ को आयोजना गरेको हो ।

श्रावण पूर्णिमा उत्सवको एक कार्यक्रमका वीच प्रदेश ५, का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गिरीले बुद्ध सर्किटलाई विस्तार गर्न प्रदेश सरकार लागिपरेको बताए । उनले पर्यटकीय हिसावले प्रदेश ५, अगाडि रहेको बताउदै पर्यटकीय विकासको लागि प्रदेश सरकारले लुम्विनी भ्रमण बर्ष मनाईरहेको बताए ।

मन्त्री गिरीले पर्यटकीय क्षेत्रको विकासको लागि प्रदेश सरकारले दीर्घकालिन योजनालाई प्राथमिकता दिएर काम गरीरहेको बताए । उनले लुम्विनी विकास कोषले अगाडि सारेको योजनामा देवदहको विकासलाई समेत जोडेर जानुपर्नेमा जोड दिए । सो अवसरमा बोल्दै प्रदेश ५, का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यनजर गर्दै योजना ल्याउनु पर्नेमा जोड दिए ।

उनले पर्यटनको माध्यमबाट आर्थिक उपार्जन गर्न सकिने बताउदै पर्यटकीय क्षेत्रको विकासको लागि प्रदेश सरकारले काम गरीरहेको बताए । उनले पर्यटन र पुर्वाधार विकासको लागि सवै एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिए । यसैगरी प्रदेश सभा सदस्य डा. कष्ण न्यौपानेले देवदहमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन् गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले लुम्विनीमा आउने पर्यटकलाई देवदहमा ल्याउन पुर्वाधार विकास गर्नुपर्ने बताए । प्रदेश ५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनजञ्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना पाण्डे, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, प्रदेश ५, का मन्त्रिपरिषदका सचिव ताराप्रसाद भट्टराई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल लगायतले आ–आफना भनाई राखेका थिए ।

सो अवसरमा देवदह नगरपालिका–४, भवानीपुरमा रहेको मायादेवी मन्दिरमा दीपप्रज्वलन समेत गरिएको थियो । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा भन्ते ज्ञानेन्द्रले पञ्चशिल पाठ गरेका थिए ।

फोटो फिचर

 
 
  
 

You may also like