रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

by समतल अनलाइन

चितवन । पत्रकार रवि लामिछानेलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

पत्रकार शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रवार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

 
 
  
 

You may also like