शुद्धोधन ४ मा बाख्रा वितरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

अर्जुन खत्री
फर्साटिकर। शुद्धोधन गाउपालिका वडा न ४ ले वडा भित्र रहेका फरक क्षमता भएका तथा विपन्न परिवारलाइ बाख्रा वितरण गरेको छ ।उक्त कार्यक्रममा ६ वटा बाख्रा वितरण गरिएको थियो। कार्यक्रममा शुद्धोधन अपांग संघ वडा न. ४ अध्यक्ष रुकादेवी गैरेले बाख्रा वितरण गरेकोमा वडालाइ धन्यवाद दिदै अपांगहरुको आत्मनिर्भरताका लागि सहयोग पुग्ने बताउनुभयो ।


शुद्धोधन गाउपालिका नेकपा अध्यक्ष नर ब. घर्तीले अपांगहरुको आयआर्जनका लागि वडाले गरेको कार्यक्रम सह्रानिय कार्यक्रम रहेको बताउदै वडाले बाख्रा वितरण गरिसकेपछि घरघरमै पुगेर अनुगमन गर्नु पर्ने बताउनुभयो ।
। शुद्धोधन गाउपालिका वडा न ४ का अध्यक्ष राजेन्द्र कडेलले बाख्रापालन अपांगहरुको आयआर्जनको स्रोत बन्न सक्ने भन्दै आयआर्जनको स्रोत बनाउन अपांगहरूलाई आग्रह गर्नुभयो ।बाख्राहरुको बिमा वडा आफैले गरिदिने भन्दै बाख्राहरुको राम्रो सङ्ग पालनपोषण गरि आत्मनिर्भर बन्न समेत आग्रह गर्नुभएको छ।


वडा न ४ का वडा अध्यक्ष राजेन्द्र कडेलको अध्यक्षता, नेकपा शुद्धोधन गाउपालिका अध्यक्ष नर बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै पुजा दमाईको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडा ४ का सदस्य हेमन थापाले कार्यक्रममाथी प्रकाश पार्नुभएको थियो । शुद्धोधन अपांग संघका अध्यक्ष विस्नुबहादुर थापा , अपांग संघका सल्लाहकार पोषराज खनालले वडालाइ बाख्रा वितरण गरेकोमा धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा ४ का वडा सचीव केशब पन्थले गर्नुभएको थियोे ।

 
 
  
 

You may also like