रुपन्देहीको सैनामैना १० मा कपडा बैंक सञ्चालन हुने

रुपन्देहीको सैनामैना १० मा कपडा बैंक सञ्चालन हुने भएको छ । सैनामैना नगरपालिका वडा.न. १० कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो ।

क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, सैनामैना नगरपालिका वडा.न: १० कार्यालय र म बनाउछु, मेरो वडा हामि बनाउछौ हाम्रो नगर ” भन्ने यो अभियानमा हातेमालो गर्नु भएका विभिन्न सामुदायिक बन, खानेपानी, सहकारी, क्लबहरु तथा अन्य सामाजिक संघ सस्थाहरुले पनि समन्व गरेको हुदा कपडा बैंक सञ्चालन गर्न लागिएको सैनामैना नगरपालिका वडा.न.१० का अध्यक्ष कृष्ण प्रसाद घिमिरे ले बताउनु भयो ।

उहाले मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले समग्र सैनामैना नगरपालिका बासीको हित हुने विश्वास ब्यक्त गरे ।उहाले थप्दै सैनामैना नगरपालिका वडा.न. १० कार्यालय सालझन्डीमा कपडा संकलन बक्स राखिने र सम्पूर्ण सैनामैना नगरवासीलाई पुरानो लताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरि आफ्नो घर टोल समाज सफा पनि, पुण्यको यो कार्यमा सहभागिताका लागि अनुरोध समेत गर्नु भयो । प्रयोगमा नआएका कपडा संकलन गरेर पुन प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रम मा जोडिन पाउदा खुसि व्यक्त गर्नु भयो ।

क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन सकिने उनले बताए ।यसका साथै सैनामैना नगरपालिका वडा.न: १० कार्यालय का सचिव सुरेश जी.सी. ले कपडा बैंकको शुभारम्भ कार्यक्रम भने चैत्र महिनाको २३ गते सुक्रवार बिहान ८:०० बजे वडा न. १० कै कार्यालय मै एक कार्यक्रम बीच गरिने हुदा सम्पुर्ण वडा बाशी लाइ उपस्थितिका लागि अनुरोध समेत गरे ।देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको सम्झौता समारोहमा अध्यक्ष कमल जिसीले जानकारी दिए ।

 
 
  
 

You may also like