चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१७ पुग्यो, ३१ हजार दुई सयमा संक्रमण

by समतल अनलाइन

२५ देशमा कोरोना संक्रमण, हङकङले चीनबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने

बेइजिङ। विश्वका लागि टाउको दुखाइको विषय बनिरहेको कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको संख्या ७१७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७१७ पुगेको हो ।

३१ हजार दुई सय जना कोरोनाबाटको संक्रमण देखिएको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गएको छ । चीन बाहिर २५ देशका २७० जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

यता हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई आजदेखि १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । चीनमा फैलिरहेको कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको र २६ जनामा संक्रमण देखिएकाले शनिबारदेखि चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हङकङले जनाएको हो ।

यो निर्णय नमाने जरिवाना र जेल सजाय हुनेछ । हङकङ पुग्ने आगन्तुक १४ दिन होटलभित्रै वा सरकारले संचालन गरेको क्वारेण्टाइनमा जानुपर्नेछ भने हङकङका नागरिक आफ्नै घरभित्र बस्नुपर्ने नियम आजदेखि लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like