चीनमा कोरोनाको पहिलो जानकारी दिने डाक्टरको निधन, निधनप्रति आशंका

by समतल अनलाइन

बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर शुरुमै संकेत दिने एक जना चिकित्सकको अन्नतः सोही रोगको संक्रमणका कारण निधन भएको छ । उनको निधनको पुष्टि बिहीबार विश्व स्वास्थ्य संगठनले गरेको छ ।

ली वेनलिङ नाम गरेका ती डाक्टरले चीनमा कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने चेतावनी डिसेम्बर महिनातिरै दिएका थिए । उनले त्यस्तो चेतावनी दिएपछि अनावश्यक हल्ला फैलाएको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

त्यसबेला उनी आफैं कोरोना भाइरसबाट संक्रमित भएका र डिसेम्बर ३० मा उनले आफ्ना विद्यार्थीहरु र चिकित्सकहरूलाई चेतावनी दिँदै केही बिरामीमा सार्स जस्तो भाइरसको लक्षण देखापरेको संकेत दिएका थिए । तर उनको सोही बिमारका कारण दुःखद निधन भएको छ ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका) ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको छ । पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’

ली वेनलिङले त्यसबेला निजी मेडिकल कलेजका सहकर्मी चिकित्सक र विद्यार्थीहरूसँग कुराकानीमा कोरोना भाइरसको संक्रमणका बारेमा निकै चिन्ता व्यक्त गरेका थिए । उनको सो दाबीलाई बेवास्ता गर्दै अधिकारीहरूले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

बीबीसीका अनुसार ३४ वर्षीय ली चीनको वुहान केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ थिए । डिसेम्बरको अन्तमा उनले मेडिकल कलेजका ग्राजुयट छात्रछात्राहरुसँको निजी कुराकानीमा त्यस्तो कुराकानी गरेपछि उनलाई भेट्न आउनेहरुको भीड समेत पातलिन थालेको थियो । त्यसपछि प्रहरी अधिकारीहरूले उनलाई सार्वजनिक सुरक्षा ब्यूरोमा उपस्थित हुन भन्दै बोलाइएको थियो ।

त्यहाँ उनलाई बाध्यताबस त्यस्तो कुरा नगरेको भन्ने बेहोरासहितको एउटा कथित पत्रमा हस्ताक्षर गर्न बाध्य पारिएको थियो, जसमा उनले जानी जानी कोरोना भाइरसको बारेमा गलत टिप्पणी गर्नुपरेको थियो । तर जब कोरोनाले चीनमा महामारीको रुप लिन थाल्यो त्यसपछि उनलाई त्यस्तो गर्न बाध्य पार्ने अधिकारीहरूले पछि माफी मागेका थिए ।

पक्राउ परेका उनलाई खोकी र ज्वरोको संक्रमण देखिएको थियो । त्यसको केही दिनपछि उनलाई अस्पतालमा लगिएको थियो । ३० जनवरीमा लिको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको थियो ।

उनको फेब्रुअरी ६ को मृत्युको खबर बिहिबार सोशल मीडिया र चीनका स्वास्थ्य ब्लगहरुमा प्रसारित भइरहको छ । मानिसहरूलाई सही समयमा सचेत गराउने काम गरेको भन्दै विगत धेरै दिनदेखि चिनियाँ सोशल मिडियाले उनलाई ‘नायक’ का रुपमा प्रचार गर्दै आएको थियो ।

यद्यपि, यो पुष्टि भइसकेको छैन कि लीमा अन्य कुनै अन्तरनिहित स्वास्थ्य जटिलताहरू थिए, जसले उनको रोगको गम्भीरतालाई असर गरेको हुनसक्छ । तर उनको मृत्युको बारेमा आशंका रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रसारण गरेका छन् ।
नोबल कोरोना भाइरसबाट विश्वव्यापी रुपमा २८ हजार भन्दा बढी बिरामीहरु देखिएका छन् भने अहिलेसम्म ५६३ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

 

 
 
  
 

You may also like