प्रदेश ५ मै पहिलो पटक ह्याकाथुन प्रतियोगिता, वतृत्वकलाको उपाधी होराईजन जिबिएसकी समिक्षालाई

by समतल अनलाइन

बुटवल । प्रदेश नम्बर ५ मै पहिलो पटक रुपनदेहीमा ओभर नाईट ह्याकाथुन प्रतियोगिता संचालन भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटलवमा सञ्चालित प्रभु पे क्यान ईन्फोटेक २०२० को अवसरमा संचालित सो प्रतियोगितामा देशका बिभिन्न स्थानका १६ समुहको सहभागिता रहेको छ ।

प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेले आज मध्यान्न उद्घाटन गर्नुभएको हो । ह्याकाथुन हाड कोडिङ्ग मार्फत एक सफ्व्येर एप्लिकेसन बनाउन प्रतियोगिता हो । आइतबार मध्यान्न १२ बजेदेखि सुरु भएको ह्याकाथुन सोमबार मध्यान्न १२ बजे सकिनेछ । तियोगितामा सहभागिहरुले ‘पर्यटन बर्ष २०२० युवा मस्तिष्कका लागि एक अवसर’ भन्ने शिर्शकमा सफ्टव्येर एप्लिकेसन निर्माण गरिरहेका छन ।

२४ घण्टे प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने क्यान महासंघ रुपनदेहीका उपाध्यक्ष माधव अर्यालले जानकारि दिन’भयो ।

सो प्रतियोगिताको ब्याबस्थापन सिएसआईटि एसोसिएसन नेपाल रुपनदेहीकाले गरेको एसोसिएसनका अध्यक्ष नारायण अधिकारीले जानकारि दिन’भयो । क्यान मेलाकै इतिहासमै पहिलो पटक रुपन्देहीमा आयोजित यो प्रतियोगिताको ब्याबस्थापन गर्न पाउदा आफुहरुले प्राप्त गरेको शिक्षालाई ब्यावहारमा लागु गर्न अवसर मिलेको उहाले बताउनुभयो ।

प्रतियोगितामा सहभागि हुन आएकि मदन भण्डारी मेमोरियल कलेजकि आवृति श्रेष्ठले यो प्रतियोगिताले आफुहरुमा उत्साहा थपेको बताउनु भयो ।

वतृत्वकलामा होराईजन जिबिएसकी समिक्षा न्यौपाने प्रथम
मेला अन्तर्गतको आइतबार गरिएको वतृत्वकला प्रतियोगितामा होराईजन जिबिएसकी समिक्षा न्यौपाने प्रथम भएकी छन् । बिद्यालय स्तरीय प्रतियोगितामा सहभागि ९ बिद्यालयका सहभागिलाई उछिन्दै उनी प्रथम भएकी हुन् । सूचना प्रविधिको अन्तर्रा्ष्ट्रिय सञ्जाल, भ्रमण वर्ष २०२० नेपाल’ बिषयमा आईतबार भएको प्रतियोगितामा न्यू होराईजन माबिकी समृद्धी ज्ञवाली द्वितीय र सिद्धार्थ माबि शंकरनगरका बासुदेव सुवेदी तृतीय भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैंया जितेका छन् । उनीहरुलाइ मेला समापनको अवसरमा पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका कोषाध्यक्ष सुवास घिमिरेले जानकारी दिनु भयो ।प्रतियोगितामा शान्ति नमुना माध्यमिक बिद्यालयकी सृष्टि खराल र दीप बोर्डिङ् बुटवलका क्षितिज श्रेष्ठ सान्त्वना भएको कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका कार्यसमिति सदस्य सुदिप ढकालले जानकारी दिनु भयो ।

त्यस्तैगरी शनिबारदेखि सुरु भएको ई–गेम पनि सोमबार सकिने छ भने भोली टिकटक प्रतियोगिता आयोजना गरिएको क्यान महासंघ रुपन्देहीका सहसचिव सुरेश भट्टराइले बताए । बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा माघ १७ देखि सुरु भएको सूचना प्रविधि मेला ९क्यान ईन्फोटेक० २१ गते सम्म चल्ने क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले बताए ।

 
 
  
 

You may also like