रोटरी सेन्ट्रल बुटवलको चार्टर नाईट

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको पाचौ चार्टर नाईट शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बिच कार्यक्रमको रोटरी क्लब ईन्टरनेश्नलका पिडिजि बासुदेव गोल्यानले उद्घाटन गर्दै सामाजिक कार्यमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

स्थापनाको छोटो समयमा सेन्ट्रलबाट धेरै कामहरु भएको उनले बताए । कार्यक्रममा डिजी एडभाईजर प्राडा.आरसि आचार्यले क्लब खोल्ने भन्दा पनि समाजमा लक्ष्य अनुसार गर्ने काम महत्व राख्ने बताए । नया क्लबहरु खुल्ने क्रम जारि रहेको र मेघा प्रोजेक्ट खोल्ने क्रम समेत रहेको भन्दै आफनो प्रोजेक्टप्रति लाग्न उनले सुझाव दिए । हरेक अभियानमा धेरै चुनौतीहरु हुने भन्दै यसमा निरन्तरता दिनसकेमात्र सफलता हासिल हुने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले विकसित देशहरुमा छोटो समयमा ठुला परियोजना गर्न सम्भव हुने उदाहरणबाट पाठ सिक्नुपर्ने भन्दै उनले नगरको विकास थालेको बताए । नेपालमा भने सामाजिक कामका लागि आवश्यक सहयोग अभाव हुने गरेको दुखेसो गरे । तिल‍ोत्तमा नगरको १ सय २६ किलोमिटरको दायरामा प्लास्टिक जन्य पदार्थ शून्य बनाउने अभियान थालेको । वातावरण जोगाउने एउटा महत्वपूर्ण अभियान थालेक‍ो र अबको १५ दिनमा सफलता हासिल गर्ने बताए ।

रोटरी क्लब अफ सेन्ट्रल लमहीका अध्यक्ष रबिलाल आचार्यले लमही क्षेत्रका समस्यामा रहेका विरामीहरुलाई लक्षित गरि खोलिएको डायलसिस सेन्टरबाट स्थानिय बिरामीहरु लाभान्वित भएको बताए । सरकारले शिक्षा र स्वस्थ्यक‍ो क्षेत्रमा गर्नुपर्ने काम नीजि क्षेत्रबाट भैरहेको भन्दै उसको सहि मुल्याकन गर्न सुझाव दिए। सरकारबाट सहयोग भए थप धेरै काम हुनसक्ने उनले बताए । लमहीमा १० वटा मेशिन राखेर सेवा सुभारम्भ भएको छ ।
यसैबिच सुरज खरेलको अध्यक्षतामा रोटरी क्लब अफ सेन्ट्रल रुपन्देही गठन भएको छ । जसमा ४८ सदस्य रहेका छन ।

कार्यक्रममा रोटरी क्लब ईन्टरनेश्नलका पिडिजि बासुदेव गोल्यान, एजी गोपाल न्यौपाने, क्लबका अध्यक्ष राजेन्द्र कार्कीले सुविधासम्पन्न एम्बुलेन्स गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमलाई हस्तान्तरण गरेका छन ।

कार्यक्रममा सुरज खरेल, पप्पु कुमार गुप्ता र कुल बहादुर थापाले क्लबको मेजर डोनर लिएवापत रोटरी पिन हस्तान्तरण गरिएको थियो ।

 
 
  
 

You may also like