पर्यटकिय स्थल दानापुरतालमा बिश्व सिमसार दिवस

by समतल अनलाइन

बुटवल। बिश्व सिमसार दिवसको अवसरमा कञ्चनको गजेडी दानापुरतालमा आइतबार बिशेष कार्यक्रम गरीएकोछ । सिमसारको संरक्षण उधमशिलता र पर्यापर्यटनको प्रबद्र्धन भन्ने नारा सहित मनाइएको बिश्व सिमसार दिवसको अवसरमा सिमसार क्षेत्रहरुको बिनास हुदै गइरहेको र सिमसार क्षेत्रको संरक्षण गर्न सकेमात्र मानव जिवनको अस्तित्व रहने कुरामा बक्ताहरुले जोड दिएका छन ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. ५ सरकार उधोग,पर्यटन , बन, तथा बाताबरण मन्त्रालयका सचिव डा. राधा ज्ञवालीले लोप हुदै गएका सिमसारयुक्त ताल तलैयाहरुको संरक्षण गरी मानवलाई जिवन्त बनाउन सकिने बताउनु भएको छ । सचिव डा. ज्ञवालीले गजेडी दानापुरतालको संरक्षणले चुरे तराइमा भएका ससाना तालतलैयाहरुको अस्तित्व जिवित राख्न सहयोग पुग्ने बताउदै सिमसार सहितको तालतलैयाहरुबाट भुमिगत जल सिंचाईको लागि जल संचित हुने बताउनु भएको छ ।समयमाई सामुदायिक बन उपभोक्ता समूहले तालको संरक्षण गरी पर्यापर्यटनको प्रबद्र्धन गर्नमा निकै महत्वपुर्ण भुमिका खेलेको र प्रकृतिले प्रदान गरेको ताललाई आकर्षक बनाई पर्यटकहरुलाई आकर्षण गर्नुपर्ने बताउनु भएको छ।

बिशिष्ट अतिथि तथा जिल्ला डिभिजन बन कार्यलय रुपन्देहीका प्रमुख बोधराज सुबेदीले सिमसार क्षेत्रहरु संरक्षण र उपयोग गर्न सके स्थानियहरुको आम्दानीको श्रोत बढाउन सकिने र दानापुर तालको आकर्षण बढाउनको लागि अन्य छिमेकी संस्थाहरुको अध्ययन भ्रमण गरी अनुभव आदान प्रदान गर्नु पर्ने बताउनु भएको छ।कार्यक्रमा सामुदायिक बन उपभोक्ता महासंघ कञ्चन गाउसमितिका अध्यक्ष ओम प्रकाश शर्माले कञ्चनको गजेडीमा रहेको दानापुरताल फरक प्रकृतिको सिमसार ताल भएको र रुपन्देहीको गरिमाको रुपमा बिकास भैरहेकोले तालको प्रचार प्रसार गर्न हरेक बर्ष बश्वि सिमसार दिवसको अवसर पारेर ताल महोत्सव संचालन गर्दै आइरहेको बताउनु भएको छ ।

कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले बिबिधताले सिंगारिएको तालको प्रचार प्रसारमा कमी भएको र देश भर दानापुरतालको प्रचार प्रसार गर्न महोत्सवले मात्र नपुग्ने बताउदै गाउमा नेपाली टिपिकल खाना सहितको हाम स्टे संचालन गर्नु पर्ने बताउनु भएको छ ।अध्यक्ष थारुले गित मार्फत दानापुरतालको महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।

सांस्कृतिक झांकी सहितको ¥याली र सोरठी नाच प्रस्तुत गरी मनाइएको कार्यक्रमको अध्यक्षता समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापाले गर्नु भएको थियो भने सूरज थापाले संचालन गर्नु भएको थियो ।

विश्वसिमसार दिवस गैडातालमा पनि

“सिमसार र जैविकविविधता” भन्ने मूल नाराका साथ २ फेबु्रअरी २०२० अर्थात १९ माघ २०७६का दिन विश्वभर सिमसार दिवस मनाईएको छ । सन् १९७१ को २ फेबु्रअरीका दिन इरान देशको रामसार भन्ने स्थानमा जम्मा भएका विभिन्न राष्ट्रका संरक्षण कर्मी तथा वैज्ञानिकहरुले विश्वभर सिमसार क्षेत्र नासिदै गएको र विश्वब्यापी रुपमा आम समुदायलाई चेतना अभिबृद्धि गरी सिमसार क्षेत्रको संरक्षण गरिनु पर्छ भन्ने मूल लक्ष्यका साथ विश्वभर प्रत्येक वर्ष अंग्रेजी महिनाको फेबु्रअरी २ तारिखका दिन सिमसार दिवस मनाउने गरेको जानकारी नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले दिनुभएको छ ।

यसै सन्दर्भमा नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाण्डौेंले जटायू रेष्टुरेण्ट संचालन समिति र गैडाताल सामुदायिक वन उपभोक्ता समूह गैडाताल रुपन्देहीको सहकार्यमा गैंडाहवा गाउँपालिका वार्ड नं.७ स्थित श्री जीवन ज्योती माध्यामिक विद्यालयमा विश्व सिमसार दिवस मिति २०७६ साल माघ १९ गते तदनुसार २ फेबु्रअरी २०२० का दिन उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ ।

उक्त कार्यक्रम मनाउनु उद्देश्य, सिमसार र जैविक विविधताको महत्व, जलवायू परिवर्तन, विश्व तापक्रम बृद्धि तथा यसको असर र न्यूनिकरण, बन्यजन्तु तथा चरा संरक्षण आदीका विषयमा नेपाल नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले सहजिकरण गर्नृ भएको थियो भने गिद्ध तथा जटायू रेष्टुरेण्टका विषयमा जटायू रेष्टुरेण्ट संचालन समिति गैडाताल, रुपन्देहीका संयोजकश्री डम्बर बहादुर क्षेत्रीले सहजीकरण गर्नुभएको थियो ।

 
 
  
 

You may also like